sevenstartv.com १४ भदौ २०८३, आइतवार

बाढी प्रभावितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकद्वारा बुहचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रम सार्वजनिक

१३ भदौ २०८३, शनिवार स्टार संवाददाता

काठमाडौं । चौधरी फाउन्डेसन र नबिल बैंकले संयुक्त रुपमा बाढी प्रभावितका लागि बुहचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रम घोषणा गरेको छ । फाउन्डेसन र बैंकले बाढीबाट प्रभावित समुदायलाई राहत, पुनर्स्थापना तथा पुनर्निर्माण कार्यका लागि सहयोग पुर्‍याउने प्रतिबद्धताका साथ बहुचरणमा कार्यान्वयन गरिने बृहत् राहत तथा पुनर्स्थापना कार्यक्रम घोषणा गरेको जनाइएको छ ।

फाउन्डेसन र बैंकका अध्यक्ष निर्माण चौधरीले प्रभावित परिवारलाई तत्काल राहत, नुवाकोट र रसुवामा राहत शिविर, ५०० अस्थायी आवास एकाइ निर्माण तथा दीर्घकालीन रूपमा संक्रामक रोग रोकथाम तथा नियन्त्रण केन्द्र स्थापना गरिने जानकारी गराइएको छ । हालै सार्वजनिक विज्ञप्तिका खाधारमा यस कार्यक्रमको अनुमानित लागत करिब १५ करोड रुपैयाँ रहने छ ।

यो कार्यक्रममार्फत बाढी प्रभावित परिवारका तत्कालीन आवश्यकतालाई सम्बोधन गर्नुका साथै उनीहरूलाई आपत्कालीन राहतबाट सुरक्षित आवास, पुनर्स्थापना तथा दीर्घकालीन सामुदायिक उत्थानशीलतातर्फ अघि बढ्न आवश्यक सहयोग उपलब्ध गराइने जनाइएको छ । पहिलो चरणअन्तर्गत चौधरी फाउन्डेसन र नबिल बैंकले प्रभावित परिवारलाई खाद्यान्न, आवश्यक खोप तथा स्वास्थ्य सामग्री उपलब्ध गराउँदै राहत तथा उद्वार कार्यमा तदारुकता देखाउँदै आएका छन् ।

राहत प्याकेजमा तयार खाना, खानेपानी, बिस्कुट, लत्ताकपडा, त्रिपाल, व्यक्तिगत सरसफाइका सामग्रीलगायत अत्यावश्यक वस्तु समावेश गरिएको बताइको छ । पहिलो चरणअन्तर्गतका राहत सामग्री भदौ ११ देखि प्रभावित क्षेत्रमा पुर्‍याउन थालिएको र यसका लागि फाउन्डेसन र बैंकका कर्मचारी स्थानीयस्तरमा परिचालित गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्