sevenstartv.com १४ भदौ २०८३, आइतवार

ल्हेन्दे खोलामा बनेको तालको पानी बग्यो : चीन

१४ भदौ २०८३, आइतवार स्टार संवाददाता

काठमाडौँ । चीनको जलस्रोत मन्त्रालयले छोचेन र पुरेपू त्साङ्पोको दोभानमा बनेको तालबाट पूर्ण रूपमा पानी बाहिरिएको जानकारी गराएको छ । मन्त्रालयलाई उद्धृत गर्दै चाइना डेलीले तिब्बतको जिरोङ काउन्टीमा ल्हेन्दे खोलामा बनेको तालबाट पानी आफैं बाहिरिएको बताएको हो ।

बुधबार बिहान लाङटाङ री हिमालको उत्तरी मोहडामा हिमचट्टानसहितको पहिरो खसेपछि भोटेकोशीमा ठूलो बाढी आएको थियो । त्यस्तै ल्हेन्दे खोला पनि थुनिएको थियो । चिनियाँ जलस्रोत मन्त्रालयका अनुसार उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो ।

चिनियाँ जलस्रोत मन्त्रालयले परिचालन गरेको जलविज्ञान आपत्कालीन अनुगमन टोलीको पछिल्लो विवरणअनुसार अहिले  तालबाट सामान्य प्राकृतिक प्रक्रियामार्फत पानी बगिरहेको छ र जम्मा भएको पानी लगभग पूर्ण रूपमा बाहिरिइसकेको छ ।

आइतबार बिहान पुनः भोटेकोशी एवं त्रिशूली नदीमा पानीको बहाव बढेको थियो । त्रिशूलीले नुवाकोट र धादिङमा तटीय क्षेत्रमा कटानसमेत गरेको छ । नदी कटानले कृष्णभिरमा पहिरो जाँदा मुग्लिन(काठमाडौं सडक पूर्ण रूपमा अवरुद्धसमेत भएको छ । त्यस्तै आइतबारको बाढीले गोरखाको घ्याल्चोक र धादिङको चरौंदी जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुल समेत बगाएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्