sevenstartv.com ५ भदौ २०८३, शुक्रवार

पहिरोका कारण अवरुद्ध भए मुख्य राजमार्ग

४ साउन २०८३, सोमवार स्टार संवाददाता

काठमाडौँ । केहि दिन यता लगातार परि रहेको पानीका कारण देशका विभिन्न स्थानमा पहिरो र बाढी सहित विभिन्न समस्याले आम नागरिकलाई प्रत्यक्ष्ँ असर पारि रहेको छ । बर्षाका कारण देशका नौ प्रमुख राजमार्गहरु अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ ।

कोशी र बागमती प्रदेशका विभिन्न सडकखण्डमा पूर्ण तथा आंशिक अवरूद्ध भएको प्रहरीको भनाई छ । बागमती प्रदेशमा सम्भावित बाढीका कारण बिपी राजमार्ग सञ्चालनमा रोक लगाइएका कारण यात्रुहरुको आवागमनमा समस्या आएको छ र काठमाडौँ–हेटौँडा कान्ति लोकपथमा सम्भावित बाढी तथा पहिरो जोखिमका कारण अर्को सूचना नभएसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

त्यस्तै कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्ग भने बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको प्रहरीको भनाई छ । इलाम नगरपालिका–९ राजदुवाली र पाँचथरको याङवरक गाउँपालिका–१ खोबरे खोलास्थित मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको जनाइएको छ ।  साथै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ माटेखोला क्षेत्रमा मध्यपहाडी लोकमार्गको दिक्तेल–भोजपुर सडकखण्ड पनि पहिरोबाट पूर्ण रूपमा बन्द भएर यात्रुहरुलाई प्रत्यक्ष असर परेको प्रहरीको भनाई छ ।  

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्