sevenstartv.com ६ भदौ २०८३, शनिवार

प्रजातान्त्रिक पार्टी नेपालको ‘धर्म सँस्कृति’ विभागको संयोजकमा शिवाकोटी नियुक्त

३ भदौ २०८३, बुधवार स्टार संवाददाता

प्रजातान्त्रिक पार्टी नेपालका केन्द्रिय सदस्य बाल गोपाल शिवाकोटी धर्म सँस्कृति विभागको संयोजकमा नियुक्त भएका छन् । शिवाकोटीलाई प्रजातान्त्रिक पार्टी नेपालका अध्यक्ष तारानाथ लुईटेलले नियुक्त गरेका हुन् ।

राष्ट्रको एकतालाई आत्मासात गर्दै देश र जनताको पक्षमा काम गर्न सक्ने व्यक्ति शिवाकोटी भएकाले उनलाई धर्म सँस्कृति विभागको संयोजकको जिम्मेवारी तोकिएको अध्यक्ष लुईटेलको भनाई छ ।

राजसंस्थाप्रति झुकाव राख्ने प्रजातान्त्रिक पार्टी नेपालले जनताको सर्वोच्चता, लोकतान्त्रिक मूल्य, मान्यता, सुशासन, राष्ट्रियता र उत्तरदायी शासन प्रणालीमा विश्वास गर्दछ । अध्यक्ष लुईटेलले सोही मार्गमा केन्द्रित रहेर तमाम नेता कार्यकर्ताले काम गर्नु पर्नेमा जोड दिदै शिवाकोटीले उत्कृष्ट कार्य गर्नेमा आफु ढुक्क रहेको बताएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्