sevenstartv.com ६ भदौ २०८३, शनिवार

सरकारले प्रतिवद्धता अनुसारका काम गर्दै गएको छ : गृहमन्त्री लेखक

२७ साउन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले प्रतिवद्धता अनुसारका काम गर्दै गएको दाबी गरेका छन् । 

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले यो वर्ष अत्याधिक वर्षा भइरहेको भएपनि तुलनात्मक रुपमा क्षति कम भएको बताएका हुन् ।उनले विपद् पूर्वतयारीका कारण क्षति कम भएको बताए ।

उनले पूर्वसूचना प्रणाली, पूर्वतयारी लगायतका कारण जनधनको क्षति न्यून हुँदै गएको बताएका छन् । उनले आगामी पनि प्रतिवद्धता बमोजिम काम गर्दै जाने प्रतिवद्धता दोहोर्‍याए । रात्री बस चल्न दिने÷नदिने बारेमा पनि सरकार छलफलमा रहेको बताएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्