sevenstartv.com ६ भदौ २०८३, शनिवार

भारतीय विदेश सचिव मिश्री काठमाडौंमा

२७ साउन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिश्री दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेका छन्।

परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले स्वागत गरेकी थिइन् । लम्सालले भारत भ्रमणमा गएको बेला भारतीय सचिव मिस्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् ।

भ्रमणको क्रममा उनले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्