sevenstartv.com ११ भदौ २०८३, बिहिवार

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

२ असोज २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट दोस्रोपटक विश्वासको मत पाएका छन् । आज  प्रदेशसभामा भएको मतदानमा उनको पक्षमा ६६  मत परेको हो । विपक्षमा १५ मत परेको थियो । ८३ जनाले मतदानमा भाग लिएका थिए । 

२ जना प्रदेशसभा सदस्‍यले मतदान प्रक्रियामा भाग लिएनन् । नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि संविधानको धारा १६८ ९५० अनुसार दोस्रोपटक विश्वासको मत लिएका हुन् ।

माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । सत्ता गठबन्धन परिवर्तन भएसँगै कोशी प्रदेशमा गएको साउन ११ गते माओवादीले कोशी प्रदेशमा सरकारबाट बाहिरिएको थियो ।  सत्ता गठबन्धन परिवर्तन भएपछि अहिले कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा बनेको सरकारमा कांग्रेस सहभागी भएको छ ।

९३ सदस्यीय कोशी प्रदेशसभामा मुख्यमन्त्री कार्कीको दल नेकपा एमालेका ४० सांसद छन् भने सत्ताको अर्को घटक कांग्रेसका २९ सांसद छन् । कोशी प्रदेशसभामा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । 

 

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्