गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी नियुक्त
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी नियुक्त भएका छन् ।
असोज १ गतेदेखि लागू हुने गरी कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । रेग्मी यसअघि सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए । दुई वर्ष सहायक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पूरा गरेका रेग्मीलाई कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।
नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी २०८० चैत्र १५ गतेदेखि विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएका थिए । नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीसँग तत्कालिन जनता बैंक लिमिटेड र तत्कालिन सेन्चुरी कमर्शियल बैंक लिमिटेडमा ११ वर्ष सहित बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तहका रही करिब १३ बर्ष कार्य गरको अनुभव रहेको छ ।


















