sevenstartv.com ११ भदौ २०८३, बिहिवार

सहकारी समितिमा प्रतिवेदनमाथि छलफल जारी

३० भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले प्रारम्भिक प्रतिवेदनमाथिको छलफल जारी राखेको छ ।

शनिबारबाट प्रारम्भिक प्रतिवेदनमाथि छलफल सुरु भएको हो । प्रतिवेदनमाथि समग्र छलफल गरेर अन्तिम रूप दिने काम भइरहेको छ । संसदीय समितिको सचिवालयले तयार पारेको प्रतिवेदनमा थपघट गरेर अन्तिम रूप दिने काम भइरहेको जनाइएको छ । 

समिति सभापति सूर्य बहादुर थापा क्षेत्रीका अनुसार हालसम्ममा छानबिन कार्यको वित्तीय विश्लेषण प्रस्तुति गरिएको छ । अनुसूची १ का २२ र अनुसूची २ का १० सहित बचत दुरुपयोगमा संलग्न भनी आरोपित ४० वटा खराब स्थितिका सहकारी संस्थाको वित्तीय स्वास्थ्य जाँच परीक्षण गरिएको वित्तीय विश्लेषण २ सय पृष्ठभन्दा लामो तयार भइसकेको छ । यसबारे पनि गहन छलफल भएको छ ।

समितिको कार्यक्षेत्र समयको सीमा असोज ७ गते सकिँदै छ । समितिको तीन महिनाको समयावधि गत भदौ २३ गते सकिँदै थियो । सो समयमा प्रतिवेदन तयार गर्न कठिनाइ हुने भन्दै समितिले १५ दिन म्याद थप गरेको थियो । समितिले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि सल्लाह, सुझाव लिएको थियो । ओलीले सहकारी समस्या समाधानको बारेमा  नेपाल सरकारको तर्फबाट महत्त्वपूर्ण प्रतिबद्धता व्यक्त गरेको सभापति थापाको भनाइ छ । 

सम्बन्धित समाचार