sevenstartv.com ११ भदौ २०८३, बिहिवार

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस

२५ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस गरेका छन् । 

संवैधानिक रुपमा राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्षको हैसियले प्रधानमन्त्री ओलीले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपति पौडलेललाई आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । 

नेपालको संविधानको धारा २६६को उपधारा ३ मा राष्ट्रिय सुरक्षा परिषद्ले गरेको काम कारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने व्यवस्था छ । सो समारोहमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा रक्षामन्त्री मानबीर राई सुरक्षा अंगका प्रमुलगायत परिषद सदस्यहरूको उपस्थिति थियो ।

सम्बन्धित समाचार