पाँचखालका मेयरको सराहनीय काम,मेयरले व्यक्तिगत रकमबाट बाढीपीडितलाई दिए २० लाख
विपत्तिमा जनप्रतिनिधिको उदाहरणीय भूमिका
काठमाडौं -बाढी र पहिरोले घरबारविहीन बनाएका परिवारको पीडामा मल्हम लगाउन पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले व्यक्तिगत रूपमा २० लाख रुपैयाँ सहयोग गरेका छन् ।देशका विभिन्न ठाउँमा बाढीपहिरोले जनधनको क्षति पुर्याइरहेका बेला मेयर खरेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेका हुन् ।उनका लागि यो सहयोग केवल रकम हस्तान्तरण गर्ने विषय मात्र होइन, निर्वाचनका बेला जनतासामु गरेको एउटा वाचासँग जोडिएको छ ।निर्वाचनका क्रममा आफूले पाउने १० वर्षको सम्पूर्ण पारिश्रमिक जनसेवामा समर्पित गर्ने प्रतिबद्धता गरेका खरेलले अहिले त्यही वाचालाई सम्झिँदै बाढीपहिरो पीडितका लागि रकम समर्पण गरेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत सहयोगको घोषणा गर्दै उनले लेखेका छन्—
“निर्वाचनको बेला मैले एउटा वाचा गरेको थिएँ– मेरो १० वर्षको सम्पूर्ण तलब जनताको सेवामा समर्पित गर्ने। आज देशका धेरै परिवार बाढीपहिरोको पीडामा छन्। घर, सम्पत्ति र आफन्त गुमाएका नेपाली दाजुभाइ–दिदीबहिनीहरूको पीडा देख्दा त्यो वाचा सम्झिएको छु। त्यसैले आज २० लाख रुपैयाँ तत्काल राहतका लागि समर्पण गर्दैछु।”
बाढीपहिरोमा कसैले घर गुमाएका छन्, कसैले सम्पत्ति त कसैले आफ्ना आफन्त नै गुमाएका छन् । यस्तो विपत्तिको समयमा आफूले सकेको सहयोग गर्नु नागरिकको दायित्व भएको भन्दै खरेलले आफ्नो सहयोगलाई ठूलो दानका रूपमा नलिन आग्रह गरेका छन् ।

उनका अनुसार, यो कुनै ठूलो दान होइन । जनताले दिएको जिम्मेवारीको सानो अंश जनतामै फर्काउने प्रयास मात्र हो ।विपद्को पीडामा परेका परिवारलाई तत्काल राहत र पुनःस्थापनाको आवश्यकता भइरहेका बेला जनप्रतिनिधिबाट भएको यस्तो व्यक्तिगत सहयोगले मानवीय संवेदनासँगै सार्वजनिक जिम्मेवारीप्रतिको प्रतिबद्धताको सन्देशसमेत दिएको छ । मेयर खरेलले तीनै तहका सरकारबीच समन्वय गर्दै स्रोतसाधन परिचालन, पूर्वसूचना प्रणाली र सुरक्षित पूर्वाधारमार्फत नागरिकको मानवअधिकारप्रति राज्यले अभिभावकीय जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिएका छन । बाल्यकालदेखि नै स्वर्गीय कृष्ण प्रसाद भटराईको स्कुलिङ्गमा हुर्किएका मेयर खरेल स्वर्गीय राजेन्द्र खरेलका छोरा हुन् ।समाजसेवा गर्ने प्रेरणा भने उनलाई स्वर्गीय कृष्ण प्रसाद भटराई र आफ्नै पिताबाट पाएको बताए । सबैको मन मनामा बस्न सफल भएकाले त्यहाँका जनताले अत्यधीक मत दिएर दोस्रो पटक समेत जितिाएका थए ।पहिलो कार्यकालमा नै पाँचखाल मेयर उत्कृष्ठ भएर बागमती सरकारले उनलाई सम्मान गरिसकेको छ भने दोस्रो कार्यकाल रहँदा त्यहाँका जनताले अत्यधीक मत दिएर जितिाएका थए । नगर प्रमुख खरेलले आफ्नो बाँकी तलबसमेत जनसेवामै लगाउने बताएँ छन ।उनले जनताबाट पाएको जिम्मेवारीको सानो अंश जनताकै दुःखमा फर्काउने प्रयासस्वरूप सहयोग गरेको उल्लेख गरेका छन् । पाँचखाल नगरपालिकाले यसअघि नै भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग गर्ने निर्णय गरिसकेको छ । नगरपालिकाका अनुसार जनप्रतिनिधिहरूको १ हप्ताको तलब बराबरको रकमसमेत राहतकोषमा दिने निर्णय गरेको छ । त्यस्तै बाढीमा परेर ज्यान गुमाउने तथा बेपत्ता पाँचखाल नगरका नागरिकहरूको परिवारलाई जनही एक लाख रुपैया राहतस्वरूप दिने निर्णयसमेत गरेको छ ।






-45.jpg)




