sevenstartv.com १५ कार्तिक २०८३, आइतवार

ब्रड पिक हिमपहिरोमा भेटिएका चार शवमध्ये दुईको पहिचान

१५ साउन २०८३, शुक्रवार स्टार संवाददाता

काठमाडौं । पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका चार आरोहीमध्ये दुई जनाको पहिचान खुलेको छ।

पाकिस्तान अल्पाइन क्लबका अध्यक्ष इरफान अरशद खानका अनुसार हिमपहिरो गएको क्षेत्रबाट चार जनाको शव फेला परेको थियो। तीमध्ये नेपाली आरोही पुरबहादुर गुरुङ ‘युक्ता’ र ओमानकी नधिरा अल हार्थीको पहिचान भएको हो।

अन्य दुई शवको भने पहिचान हुन बाँकी रहेको जनाइएको छ।

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्