sevenstartv.com ६ भदौ २०८३, शनिवार

तीन संसदीय समितिको बैठक बस्दै

१२ भदौ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । संघीय संसदअन्तर्गत तीन समितिको बैठक आज बस्ने भएको छ । 

प्रतिनिधिसभा अन्तरगत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठक बिहान साढे ११ बजे बस्ने तय भएको छ । बैठकमा तयारी पोशाक निर्यातमा देखिएका नीतिगत समस्याका सम्बन्धमा नेपाल तयारी पोशाक उद्योग संघका प्रतिनिधिसँग छलफल हुनेछ । हस्तकला क्षेत्रका नीतिगत समस्याबारे नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने कार्यसूची छ । 

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे ११ बजे बस्ने छ । बैठकमा नेपाल वायु सेवा निगमको जहाजमा देखिएका समस्या सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ । 

कानून न्याय तथा मानव अधिकार समितिको सोही समयमा बोलाइएको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल हुने  सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्