sevenstartv.com १२ भदौ २०८३, शुक्रवार

मकवानपुरबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

१० माघ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । मकवानपुरबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । मकवानपुरको राक्सिराङ गाउँपालिका १ गडुवान निवासी ५२ वर्षीय जीतबहादुर थिङलाई पक्राउ गरेको हो ।

अनुमतिपत्र नलिइ भरुवा बन्दुक लिएर हिँडिरहेको अवस्थामा निजबाट फलामको विभिन्न साइजको गोलाकार बेरिङ १३ थान, फलामको जस्तो देखिने विभिन्न साइजको लाम्चो आकारको वस्तु ३३ थान, बारुदजस्तो देखिने पाउडर ३०५ ग्राम, ढुङ्गाको जस्तो देखिने वस्तु २४ थान, एउटा खुकुरी बरामद गरिएको प्रहरीले बताएको छ ।

 हातहतियार तथा खरखजनासम्बन्धी कसुर मुद्दामा प्रहरीले अनुसन्धान प्रारम्भ गरेको छ ।

 

सम्बन्धित समाचार