sevenstartv.com १३ भदौ २०८३, शनिवार

४४ देशका लागि संसदीय मैत्री समूह गठन

११ पुष २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । सभामुख देवराज घिमिरेले विदेशी मुलुकसँगको संसदीय सम्बन्धलाई थप बलियो बनाउने गरी अघि बढ्न संसदीय मैत्री समूहका संयोजकहरुसँग आग्रह गरेका छन् ।

बिहीबार सिंहदरबारमा संसदीय मैत्री समूहका संयोजकहरुसँगको छलफलका क्रममा उनले नेपालको संसदले विभिन्न ४१ देशका संसदसँग सम्बन्ध बिस्तारका लागि संसदीय मैत्री समूह बनाइ संयोजकसमेत तोकिसकेको र बाँकी ३ वटा संसदीय मैत्री समूहको संयोजक छिटै तोक्ने जानकारी दिएका हुन् । 

उनले नेपाल र संयुक्त अरब इमिरेट्सको मैत्री समूहको संयोजकमा सीता गुरुङ, नेपाल र साउदीअरब संसदीय मैत्री समूहको संयोजकमा उदय शमशेर राणा, नेपाल-आयरल्याण्ड संसदीय मैत्री समूहको संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की, नेपाल-अजरबैजान संसदीय दलको समूहको नेतृत्व डा. अञ्जान शाक्य, नेपाल-कतार संसदीय मैत्री समूहको संयोजकमा लिलानाथ श्रेष्ठ, नेपाल-नर्वे संसदीय मैत्री समूहको सयोजकमा डा चन्दा कार्की र नेपाल-भूटान संसदीय समूह सुशीला सिर्पाली ठकुरीलाई तोकिएको बताए । 

नेपाल-संयुत्तः राज्य अमेरिका संसदीय मैत्री समूहको संयोजकमा डा. प्रकाशशरण महत, नेपाल-अस्टेलिया संसदीय मैत्री समूहको संयोजकमा गगनकुमार थापा, नेपाल-बेलायत संसदीय मैत्री समूहको संयोजकमा विराजभक्त श्रेष्ठ, नेपाल-जापान संसदीय मैत्री समूहको संयोजकमा डा.नारायण खड्का, नेपाल-चीन संसदीय मैत्री समूहको संयोजकमा नारायणकाजी श्रेष्ठ छन् ।  

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्