'कांग्रेसले विपी कोईरालाका विचार अंगालेर अगाडि बढ्न जरुरी छ'
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद् डा.शशांक कोईरालाले नेपाली कांग्रेसले विपी कोईरालाका विचार अंगालेर अगाडि बढ्न जरुरी रहेको बताएका छन् ।
बुधबार नेपाली कांग्रेस रामेछाप-काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले कुनैपनि नेताले समाजका लागि सोच्न जरुरी रहेको बताएका हुन् । समाजका लागि सोचेमात्रै राजनीति हुने उनको भनाई छ ।
आफ्नो मात्र चिन्ता गरेर राजनीति नचल्ने उनको जिकिर छ । उनले नेपाली समाज वर्षौं पुरानो रहेको उल्लेख गर्दै त्यो समाजलाई निरन्तरता दिने काम नयाँ पुस्ताको भएको बताएका छन् ।
















