'विपी कोईरालाको नाम लिएर आफूलाई मन लागेका कुराहरु भन्ने परिपाटी कांग्रेसमा विकसित भएकाे छ'
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विपी कोईरालाको नाम लिएर आफूलाई मन लागेका कुराहरु भन्ने परिपाटी कांग्रेसमा विकसित भइरहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा कैलास कोईरालाद्वारा लिखित उपन्यास शास्त्रको विमोचन कार्यक्रममा उनले पार्टीभित्र नेताहरुलाई आफूलाई भन्न मन लागेको कुराहरु विपीको नाम लिएर भन्ने गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनले पार्टीका नेता, कार्यकर्ताहरुले विपीले यस्तो भन्नुहुन्थ्यो भन्नु छ भने अरुले भनेको सुनेको आधारमा भन्न नहुने बताए ।
उनले रिफ्रेन्समा प्रयोग गर्न पाइने भएपनि आफैँले अध्ययन गरेर मात्रै प्रयोग गर्न आग्रह गरे । आफूलाई भनेको कुरा विपीको नाममा भन्ने र आफू उम्किने बाटो खोज्ने गरेको आरोप लगाए ।













