sevenstartv.com ६ भदौ २०८३, शनिवार

करेन्ट लागेर एक जनाविद्युत प्राधिकरणका कर्मचारीको मृत्यु, ३ घाइते

२७ साउन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । सोलुखुम्बुको सल्लेरीमा करेन्ट लागेर एक जना विद्युतका कर्मचारीको मृत्यु भएको छ ।  ३ जना घाइते भएका छन् ।

सल्लेरी च्याल्सा विद्युत कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राईको मृत्यु भएको हो । शनिबार दिउँसो विद्युतका तार आसपासका रुख काटछाट गर्ने क्रममा करेन्ट लागेर घाइते भएका राईको उपचारको क्रममा जिल्ला अस्पताल फाप्लुमा मृत्यु भएको हो ।

 घटनामा परी घाइते भएका विद्युत कम्पनीका प्राविधिक सहयोगी पदमा कार्यरत्त सोलुदुधकुण्ड नगरपालिका–६ का ३० वर्षीय वुद्धि राजभण्डारी, कम्पनीमा ज्यालादारीको रुपमा कार्यरत सोही ठेगानाका ३४ वर्षीय टसी शेर्पा र ५१ वर्षीय कुमार बस्नेतको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको बताइएको छ । 
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुको शव गृहमा राखिएको छ। 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्