२१औं शताब्दीमा गाजा-इजरायलमा जस्तो क्रुर नरसंहार हुनु लज्जाको विषय : डा. बाबुराम भट्टराई
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले इजरायल-प्यालेस्टाइन युद्धबारे सरकारले आफ्नो धारणा स्पष्ट नपारेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
काठमाडौंमा प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान उद्घाटन गर्दै उनले २१ औं शताब्दीमा आएर अहिले इजरायलले जसरी प्यालेस्टाइनमाथि नरसंहार मच्चाएको आरोप लगाएका हुन् । उनले प्यालेस्टाइनी जनताको मुक्तिको लागि आवाज आफूहरुले आवाज उठाएको बताए ।
उनले अहिले इजरायल राज्य वास्तवमा प्यालेस्टाइन राज्य भएको भन्दै सम्झौता गरेर दुई भागमा विभाजित गरेपछि पनि एकअर्कालाई नस्वीकार्ने कुरा गम्भीर रहेको बताए । संयुक्त राष्ट्रसंघमा भएको मतदानमा नेपाल तटस्थ बस्नु गलत भएको र नेपालले सत्य र न्यायको पक्षमा मतदान गर्नुपर्ने बताएका छन् । उनले सत्य र न्यायको पक्षमा बोल्न नसक्ने कुराले मानव हुनुको अर्थ नराख्ने र नेपाली हुनुको अर्थ नहुने बताए ।
















