sevenstartv.com १३ भदौ २०८३, शनिवार

'राजनीतिक दलहरुबीच विश्वासको वातावरण निर्माण गर्न जरुरी छ'

४ मंसिर २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रमुख राजनीतिक दलहरुबीच विश्वासको वातावरण निर्माण गर्न जरुरी रहेको बताएका छन् । 

आज काठमाडौंमा आयोजित ‘शान्ति प्रक्रियाः विगत र वर्तमान’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्न र मुलुकलाई सम्मुन्नत बनाउन विस्तृत शान्ति सम्झौताका पक्षधर दलहरु कांग्रेस, एमाले र माओवादी केन्द्रका नेतृत्वबीच विश्वासको वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याएका हुन् । 

नेता सिटौलाले प्रमुख दलहरुबीच विश्वासको संकट गहिरिँदै गएको उल्लेख गर्दै त्यसले पीडितले न्याय पाउने गरी शान्ति प्रक्रियाको बाँकी काम अघि बढ्ने अवस्था नदेखिएको जिकिर गरे 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्