sevenstartv.com १३ भदौ २०८३, शनिवार

रास्वपाले कीर्तिपुरमा उम्मेदवारी नदिने

२ मंसिर २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई वटा वडाको वडाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको छ ।

सो पार्टीका कार्यवाहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले उक्त नगरपालिकामा पार्टीका तर्फबाट जयराम कार्कीले प्रारम्भिक उम्मेदवारीका लागि नाम दर्ता गरे पनि अन्तिम समयमा नाम फिर्ता लिने चाहाना राखेकाले पार्टीका तर्फबाट उम्मेदवारी नदिइने बताएका हुन् । 

मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता जारी छ । कीर्तिपुरका दुवै  वडाध्यक्षमा पनि उम्मेदवारी नदिने भएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्