जनतलाई सेवा दिने सवालमा कुनै कमजोरी नगर्न प्रधानमन्त्रीकाे निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकम राष्ट्रको सम्पत्ति भएकाले जनतालाई सेवा दिने सवालमा कुनै कमजोरी नगर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला भएको सहायता रकमबारे जानकारी दिन प्रधानमन्त्री कार्यालय पुगेको टेलिकमको टोलीलाई प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । उनले उपकरण र प्रविधिका लागि सहयोग आवश्यक परेमा सरकारले सहयोग गर्ने आश्वासन दिँदै संस्थाको साख उच्च राख्न आग्रह गरेका छन् ।
त्यस अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ रसञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालसमेत सहभागी थिए । टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता अर्यालले एक करोड दुई लाख ७० हजार रुपैयाँ कोषमा दाखिला गरिएको जानकारी दिइन् ।














