झापामा दुर्गा प्रसाईंका समर्थकले जलाए ३ वटा ट्रक
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेपछि झापामा उनका समर्थकले गएराती ती वटा भारतीय मालवाहक ट्रकमा आगजनी गरेका छन् । प्रसाईंका समर्थकले गएराती ११ बजे बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको मालवाहक ट्रकमा आगजनी गरेका हुन् ।
४, ५ जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका थिए । बिर्तामोड नगरपालिकाको दमकलले आगो निभाएको प्रहरीले जनाएको छ । आज बिहान ३ बजेतिर बिर्तामोड नगरपालिका–६ गिरिबन्धु टी–स्टेट नजिक डब्लूबी-७३ ई-३०५७ नम्बरको मालवाहक ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ । ६ वटा मोटरसाइकलमा आएका १२ जनाको समूहले ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
ट्रकमा आगजनी गर्दा चालक पनि घाइते भएका छन् । उनको शरीरको केही भागमा आगोले पोलेको प्रहरीको भनाई छ । नाम खुल्न नसकेका उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आज बिहान झापाको धाइजनमा डब्लूबी–७३ ई–३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी भएको छ ।






-18.jpg)









-18.jpg)

