sevenstartv.com ११ भदौ २०८३, बिहिवार

राष्ट्रिय सभाका नवनिर्वाचित दुई समितिका सभापतिले लिए शपथ

३१ भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभाका दुई समितिमा सभापति चयन भएका छन् ।

सोमबार राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित भएका हुन् । त्यस्तै विधायन व्यवस्थापन समितिको सभापतिमा एमालेकी तुलसा दाहाल निर्वाचित भएकी हुन् ।

निर्वाचित दुवै समितिका सभापतिलाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनियताको शपथ गराएका छन् । दुई समितिमा सभापति चयनका लागि सोमबार निर्वाचन भएको थियो । विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसा नेकपा एमालेका सांसद् हुन् भने मायाप्रसाद शर्मा माओवादी केन्द्रका सांसद् हुन् ।

विधायन व्यवस्थापन समिति सभापतिमा एकीकृत समाजवादीका जयन्ती राई र तुलसाको उम्मेदवारी परेको थियो । कुल १५ मतमध्ये तुलसाले आठ र जयन्तीले सात मत प्राप्त गरेका थिए । सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने मायाप्रसादको एकल उम्मेदवारी थियो । 

 

सम्बन्धित समाचार