sevenstartv.com १० भदौ २०८३, बुधवार

सभामुखको रुलिङप्रति माओवादीको आपत्ति, संसद बैठक भदौ ३० सम्म स्थगित

२६ भदौ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सभामुखले गरेको रुलिङप्रति आपत्ति जनाउँदा प्रतिनिधिसभा बैठक आगामी आईतवारसम्म धकेलिएको छ ।

गत भाद्र १२ गतेको बैठकमा एमाले सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई हिंसा भनेको भन्दै सो शब्द संसदको रेकर्डबाट हटाउन माओवादी केन्द्रले माग गरेको थियो । सभामुखले आवश्यक अध्ययन गरेर निर्णय लिन भन्दै सचिवालयलाई निर्देशन दिए ।

सोही विषयको सन्र्दभमा बुधवारको बैठकमा सभामुख देवराज घिमिरेले सांसद भट्टराईले प्रयोग गरेको हिंसा भन्ने शब्द असंसदीय नदेखिएको भन्दै संसदको रेकर्डबाट नहट्ने रुलिङ गरे । सो रुलिङ संविधान विपरित भएको भन्दै माओवादीका सांसदहरुले आपत्ति जनाएका हुन् ।

बैठकमा बोल्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरुले रुलिङको बिरोध गर्ने बताए । संविधान विपरित हिंसा शब्द प्रयोग भएको भन्दै आफूहरुले त्यसलाई नमान्ने बताए ।

नेकपा (एमाले)का सांसद रघुजी पन्तले हिंसा शब्द आफैँमा असंसदीय नभएको बताए । उनले संसदमा कसैलाई व्यक्ति किटेर भन्न भने नपाइने बताए । उनले सभामुखले संविधान र कानूनसम्मत रुलिङ गर्नुभएको भन्दै रुलिङलाई मानेर अघि बढ्नुपर्ने बताए ।

बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सभामुखको रुलिङप्रति माओवादीको गम्भीर आपत्ति रहेको बताए । उनले सो शब्द सच्याउन माग गर्नुभयो ।

माओवादी केन्द्रले सभामुखको रुलिङप्रति असन्तुष्टि व्यक्त गर्दा प्रतिनिधि सभा बैठक आगामी भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्