२० मिटरसम्म संरचना बनाउन नपाउने सर्वोच्चको फैसलामाथि तत्काल पुनरावलोकन गर्न सांसद् केसीकाे माग
काठमाडौं । नदी किनाराबाट थप २० मिटरसम्म संरचना बनाउन नपाउने सर्वोच्च अदालतको फैसलामाथि तत्काल पुनरावलोकन गर्न नेपाली कांग्रेसका सांसद् अर्जुननरसिंह केसीले माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा उनले त्यसो नगरिए काठमाडौंमा एउटा विद्रोहको स्थिति निर्माण हुने अवस्था आउनसक्ने भएकाले सचेत हुन आग्रह गरेका हुन् ।
सरकारले यस विषयमा गम्भिर भएर आम जनताको हितमा काम गर्नुपर्ने उल्लेख गर्दै केसीले सो विषयमा जनताको पक्षमा आवाज उठाउन नगरपालिकाहरुलाई पनि आग्रह गर्नुभयो ।


















